१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरू


221
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि भाग लिन इच्छुक राजनीतिक दलको बुधबारदेखि दल दर्ता सुरू गर्दैछ ।

तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि आयोगले बुधबारदेखि दल दर्ता गर्न लागेको हो ।

दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. २ को लागि भने आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।