
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्दैछ ।
बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा जाने विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो । साथै विधान अधिवेशनबारे पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्