
एजेन्सी । भारतीय अभिनेता अनुपम खेरकी पत्नी अभिनेत्री किरण खेरलाई कोरोना संक्रमण भएको छ ।
यसको जानकारी किरण आफैंले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।
२० मार्चमा ट्वीट गर्दै किरणले लेखेका थिइन्, ‘मलाइ कोरोना परीक्षण पोजेटिभ देखिएकाे छ । यस्तो अवस्थामा मेरो सम्पर्कमा आएकाले आफ्नो कोरोना परीक्षण गराउनुहोला’ ।
कोरोनाको खबर बाहिर आएसँगै प्रशंसकहरुले सामाजिक सञ्जालमा किरणप्रति चिन्ता व्यक्त गर्दै छिट्टो निको हुन कामना गरेका छन् ।
यसअघि किरणलाई ब्लड क्यान्सर भएको खबर अप्रिल १, २०२१ मा आएको थियो । क्यान्सरबाट पूर्ण निकाे भएर किरण रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ मा जजको भूमिकामा देखिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्