२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ख्यातिप्राप्त अभिनेता पल ग्रान्टको निधन


1.482k
Shares

एजेन्सी । ख्यातिप्राप्त हलिउड अभिनेता पल ग्रान्टको निधन भएको छ ।

‘ह्यारी पोटर एन्ड द सॉर्सर स्टोन’ र ‘स्टार वार्सः रिटर्न अफ द जेडी’ जस्ता उत्कृष्ट हलिउड फिल्ममा सशक्त भूमिका निर्वाह गरेका पलको ५६ वर्षको उमेरमा निधन भएको हो ।

पलको निधनको जानकारी उनको पारिवारिक स्रोतले दिएको हो । पलकी छोरी जेन ग्रान्टले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै बाबुको निधनबारे जानकारी दिएकी हुन् ।

पल मार्च १६ मा लन्डनको किंग्स क्रस स्टेशन बाहिर एक्कासि ढले । त्यसपछि उनलाई अस्पताल लगियो । पलको मस्तिष्क निधन भइसकेको थियो । अस्पतालमा केही दिनको उपचार पछि उनको निधन भएको हो ।

‘ह्यारी पोटर’ र ‘स्टार वार्स’ बाहेक पल ग्रान्टले ‘द डेड’, ‘लेबिरिन्थ’, ‘विलो’, ‘भुलैया’ र ‘लेजेन्ड’ जस्ता फिल्महरूमा पनि काम गरेका थिए ।