१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा ढुंगाना


364
Shares

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।

बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकास कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी, जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । त्यसैगरी सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सह–कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएका छन् । कार्यसमिति २१ सदस्यीय रहेको छ ।

सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको बताउँदै नवनिर्वाचित अध्यक्ष ढुंगानाले अधिवेशनको म्यान्डेट अनुसार पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षको लागिरहने प्रतिवद्धता प्रकट गरेका छन् ।

काठमाडौंमा सम्पन्न अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए ।

बन्द सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी रहेका थिए ।