४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


फ्लप फिल्मकाबीच अक्षयले गरे नयाँ फिल्मको फस्ट लुक सार्वजनिक


3.211k
Shares

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले नयाँ फिल्मको फस्ट लुक सार्वजनिक गरेका छन् ।

पछिल्लो समय लगातार ६ वटा फ्लप फिल्म दिएका अक्षयले अब नयाँ फिल्मको रिलिज मिति घोषणा गर्दै फस्ट लुक सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अक्षयले फिल्मको घोषणा गर्दै फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । यो फिल्म दक्षिण भारतीय फिल्म ‘सोरारई पोटरु’ को हिन्दी रिमेक हो । हिन्दी रिमेकको नाम भने खुलाइएको छैन ।

सार्वजनिक फस्ट लुक पोस्टरमा अक्षयको छायाँमा विमान उडिरहेको देखाइएको छ । अक्षयले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हामी टेकअफ गर्नका लागि तयार छौं ।’

अक्षय अभिनित यो फिल्म सन् २०२३ सेक्टेम्बर १ मा प्रदर्शन हुनेछ । फिल्ममा अक्षयसँगै राधिका मदान र परेश रावलको मुख्य भूमिका रहनेछ । फिल्मलाई सुधा कोंगाराले निर्देशन गर्नेछिन् । जसले मूल फिल्म ‘सूरराई पोत्रु’ पनि निर्देशन गरेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कामको कुरा गर्ने हो भने अक्षय फिल्म ‘बडे मियाँ छोटे मियाँ’, ‘ओएमजी २’, ‘क्याप्सुल गिल’र ‘गोरखा’मा काम गर्दैछन् ।