
काठमाडौं । काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध स्तुपामा पुजाआजा गर्न आउने महिलालाइ लुटपाट गर्ने एकजना महिला सहितको गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा जिल्ला मेलुङ्ग गाउपालिका ५ स्थायी घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका बस्ने वर्ष ४१ कि मन्जु मगर,काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नारायणटार घर भइ कविता ज्वलर्स सञ्चालन गरि बस्ने वर्ष ४० का नमराज बिश्वकर्मा ,गोकर्णेश्वर ६ नारायणटार घर भइ इके भगवती ज्वलर्स सञ्चालन गरि बस्ने वर्ष ३१ का रामकृष्ण सुनार रहेका छन् ।
स्तुपामा पुजा गर्न आएका एकल वृद्ध महिलाहरुलाइ मन्जु मगरले ललाइफकाइ एकान्त स्थानमा लगेर सुनका गरगहना लुटपाट गर्ने गरेको भन्ने पीडितहरुको निवेदनको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कामनपा ६ बौद्ध स्तुपास्थित वर्ष ८४ कि बसुन लामालाई फकाएर हिड्दै गरेको अवस्थामा प्रहरीले मन्जु मगरलाइ पक्राउ गरेको हो ।
उनीहरुबाट गालेको अवस्थामा रहेको ७ तोला ५० लाल सुन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्