
एजेन्सी । अफ्रिकी मुलुक युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ ।
युगान्डाले बनाएको नयाँ कानूनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानूनी छ । तर, युगान्डाले भने लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मान्ने कानून बनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले युगाण्डाको नयाँ कानूनले उग्रसमलिंगीलाई मृत्युदण्डसमेत दिने व्यवस्था गरेको जनाएका छन् । संसदले पारित गरेको कानून अनुसार समलिंगी सम्बन्ध बारे थाहा पाउनेले उजुरी गर्नुपर्ने छ ।
संसदले पारित गरेको कानून हस्ताक्षरका लागि युगान्डाका राष्ट्रपति मुसेबेनीसमक्ष पठाइएको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त कानून लागु हुनेछ ।
तर,युगाण्डाका राष्ट्रपतिलाई संसदले पारित गरेको कानूनमा हस्तक्षर नगरी लागु हुनबाट रोक्ने विषेशअधिकार पनि छ ।
प्रतिक्रिया दिनुहोस्