
काठमाडौं । मुलुकमा पूर्वदेखि पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण सम्पन्न भएको छ ।
एक सय ८५ वटा पुल निर्माण गर्ने योजना रहेकोमा लगभग आधा पुल निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । यस आयोजनामा अधिकांश लामा ठूला पुल सम्पन्न भइसकेको र अब ८८ वटा पुल निर्माण गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा २४ किमी सडक कालोपत्रेका साथै पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गरी राजमार्गमा ठाउँठाउँमा अरू सडकमा जोडिने भएको छ । चालु आर्थिक वर्षमा राजमार्गका लागि सरकारले दुई अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
आयोजनाको जम्मा लम्बाइ १ हजार ३ सय ९० किलोमिटरमध्ये निर्देशनालयले ७ सय ४० किलोमिटर सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको हो । मदन भण्डारी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा समेत हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्