१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरीका ५ एआईजीको दर्ज्यानी चिन्ह


429
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाइ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

प्रहरी प्रधान कार्यालयमा बुधबार एक समारोहबीच प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाइ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

एआईजीमा बढुवा भइ दर्ज्यानी चिन्ह लगाउनेमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीहरुलाई दुई साताअघि गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ जना प्रहरी नायब महानिरीक्षकलाई बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानका अनुसार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल यही चैत ११ सकिदैछ ।