१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नबनेको देवकोटाको आरोप


117
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाको बैठकमा उहाँले विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचार विवरणहरु आएपनि सरकार गम्भीर नबनेको बताउनुभएको हो ।

उहाँले शिक्षाको ८०/८५ विद्यार्थी अध्ययनर विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गर्नुभयो । देवकोटाले त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।

सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजरहरु जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।