२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


दलित भएकैले सासंदले पाएनन् राजधानीमा डेरा


3.068k
Shares

काठमाडौं । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ ।

ग्रामिण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो भन्ने सुन्दा नमिठो लाग्छ तर, भएको यस्तै छ ।

सामान्य दलित समुदायमा नागरिकले डेरा नपाएको विषय बेला बेलामा सार्वजनिक भएको भएपनि सांसद नै त्यस्तो विभेदमा परेको विषय राष्ट्रियसभाको बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रियसभाको सदस्यको रुपमा निर्वाचित भएर काठमाडौं आएपछि चार महिनासम्म डेरा पाउन नसकेको जानकारी दिए । उनले विभिन्न छ स्थानमा डेरा खोज्न गएपनि अन्त्यमा जात सोधेर डेरा नदिइएको पीडा सुनाए । उनले आफू राष्ट्रियसभाको सदस्य हुँदा पनि यस्तो पीडा भोगेको भन्दै सामान्य दलित समुदायका मानिसको हालत के होला भन्ने प्रश्न गरे ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।