१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु


208
Shares

काठमाडौं । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

बुधबार दिउँसो गैंडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।