२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


विज्ञापनबारे आलोचना भएपछि करिश्माले भनिन्, ‘त्रुटि मानिस बाटै हुने हो’


47.151k
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनित एक विज्ञापन पछिल्लो समय निकै आलोचना भइरहेको छ ।

सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

धेरैले नानाथरी टिप्पणी गरेपछि करिश्माले अब आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’

यस्ताे छ करिश्माकाे फेसबुक स्टाटस :