
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ ।
बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार दिउँसो ४ बजेका लागि सारिएको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै हुनुहुन्छ । सिंहलाई शुक्रबार नै बिदाई गरिँदैछ ।
सिंहको अवकाशसँगै नेपाल प्रहरीको ३० औं आईजीपी बन्न ५ जना ए.आई.जी.हरुबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
गत चैत ६ गते एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । आईजीपी हुने प्रतिस्पर्धामा कुँवर मेरिट लिस्टको एक नम्बरमा रहेका छन् ।
आइजीपी धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै छन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन् । हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि शुक्रबार रातिपछि चार एआइजीको पद पुनःरिक्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्