
काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश र देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, कर्णाली, सुदूरपश्चिम र देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्