
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ ।
बोर्डले काठमाडौं जिल्ला अदालतमा न्यौपाने विरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।
रिडी पावर कम्पनीमा अध्यक्ष रहँदा न्यौपानेले ‘इन्साइडर ट्रेडिङ’ गरेको विषयमा आन्तरिक अनुसन्धान मार्फत् पत्ता लागेपछि बोर्डले मुद्दा हालेको हो ।
बोर्डले न्यौपानेलाई १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक हुन नपाउने, ३ करोड २३ लाख विगो र ७६ हजार जरिवाना हुनुपर्ने जिकीर मुद्दामा गरेको छ ।
बोर्डले हालेमा मुद्दामा कसूर साबित भए न्यौपानेलाई बिगो, जरिवाना र एक वर्षसम्म कैद सजाय हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्