११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएकाे छ।

शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कम उमेरको संख्या घट्दै गएको र बढी उमेरकाे जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उहाँकाे भनाइ थियाे । उहाँले यो चिन्ताको विषय रहेको समेत बताउनुभयाे।

तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयाे । ३ वटै तहकाे योजना बनाउन महत्वपूर्ण हुने समेत उहाँले बताउनुभयाे । नेपालमा जनसंख्याको वृद्धिदर घट्ने क्रम रहेकाे उहाँले बताउनुभयाे ।

जनसंख्या पहाड-हिमालको ग्रामीण भेगमा घट्ने र तराईमा बढ्दै गएकाे उहाँकाे भनाइ छ। जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्ने समेत प्रधानमन्त्री दाहालले बताउनुभयाे ।