८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


364
Shares

बुटवल । दुईवटा मोटरसाईकल र बस एकआपसमा ठाेक्किदा बुटवलमा एक जनाको ज्यान गएको छ।

बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो ।

अनियन्त्रित भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालकतिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सरक्षा तथा ट्राफिक व्यवस्थापन कायागलय बटुवल, रुपन्देहीका सुचना अधिकारी डीएसपी होम बहादुर थापाले बताउनु भयाे।

यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र सोहीमोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।