२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सरकारी अस्पताल सुनसान, निजीमा भिड


468
Shares

सर्लाही । सर्लाहीमा अहिले ज्वरो, रुघाखोकीजस्ता मौसमजन्य रोगका बिरामीको निजी अस्पताल र क्लिनिकमा चाप बढ्दो छ ।

सरकारी अस्पताल र स्वास्थ्य चौकी भने सुनसान देखिन्छन् । निजी क्लिनिकमा घण्टौँसम्म पालो कुरेर उपचार गराउने धेरै हुन्छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका नवलपुर, लालबन्दी, हरिवनलगायत क्षेत्रमा भित्री बस्तीका बासिन्दा ठूलो संख्यामा उपचारका लागि आइरहेका देखिन्छन् ।

प्रत्येक वडामा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पनि नागरिक भने उपचारका लागि निजी अस्पताल तथा क्लिनिकमै धाइरहेका छन् ।

नवलपुरस्थित एक क्लिनिकमा नातिको उपचार गर्न आउनुभएकी हरिपुर नगरपालिका–१, हजार बिघाकी पारोदेवीले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि नजाने गरेको बताउनुभयो । पारोदेवीले भन्नुभयो, ‘यहाँ (निजी क्लिनिक) मा ल्याएपछि ठिक भइहाल्छ, स्वास्थ्य चौकीमा त कहिल्यै जाने गरेको छैन । सरकारीमा विश्वास नै हुँदैन, यतै विश्वास लाग्छ, त्यसैले हाम्रो गाउँका त अधिकांश यतै आउँछन् ।’

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।