२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


‘मजदुरको सम्मान भए मात्र राज्य समृद्धिको बाटोमा अगाडि बढ्छ’


130
Shares

उदयपुर । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले कांग्रेसले मजदुरलाई बिर्सदै गएको बताउनुभएको छ ।

नेपाल यातायात मजदुर संघ कोशी प्रदेशको चौथो अधिबेशनलाई आज उदयपुरमा सम्बोधन गर्दै उहाँले कांग्रेसले मजदुरलाई बिर्सेको भए पनि मजदुरले कांग्रेसलाई नविर्सिएको धारणा राख्नुभयो ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका थापाले मजदुरको सम्मान भए मात्र राज्य समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।