
एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ काे छायांकनको क्रममा घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार स्कटल्याण्डमा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको क्रममा अक्षय घाइते भएका हुन् ।
तर, केही समयको ब्रेक पछि अक्षय फेरी फिल्म सेटमा फर्किएका छन् । अक्षयको घुँडामा चोट लागेको छ । उनले अहिले घुँडामा ब्रेस लगाएका छन् ।
अहिले फिल्मको टिमले अक्षयको एक्सन सिन स्थगित गरेको छ । तर, सुटिङको समयतालिका पूरा गर्न स्कटल्याण्डमा अन्य दृश्य छायांकन भइरहेको छ।
फिल्ममा अक्षयसँगै टाइगर श्राफ र सोनाक्षी सिन्हाको मुख्य भुमिका रहेको छ । फिल्मका निर्देशक अली अब्बास जफर हुन् । फिल्मलाई वासु भगनानी, दीपशिखा देशमुख र हिमांशु किशन मेहराले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्