
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान प्रतिनिधि सभाबाट देशले निकास नपाउने जिकीर गर्नुभएको छ ।
एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत सुर्खेत पुग्नुभएका पौडेलले आइतबार बिहान सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै वर्तमान प्रतिनिधि सभाको बनौटका कारण देशले निकास नपाउने बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार विदेशी हस्तक्षेपबाट बनाइएको भन्दै उहाँले मन्त्रिपरिषद बिस्तार समेत गर्न नसकेर प्रधानमन्त्रीले तमासा देखाएको आरोप पनि लगाउनुभयो ।
संसदबाट दोस्रो पटक विश्वासको मत लिएको एक साता हुन लाग्दा समेत मन्त्रिपरिषद बिस्तार हुन नसक्नुले यो वर्तमान गठबन्धनको कामको गति प्रष्ट पार्ने उहाँको भनाइ थियो ।
पूर्वअर्थमन्त्री समेत रहनु भएका पौडेलले आर्थिक क्षेत्र भयंकर ठूलो समस्यामा रहेको भन्दै गठबन्धनलाई भने पदको भागबण्डामा मात्रै चासो छ भन्नुभयो ।
पौडेल सदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्