२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालबालिकाले खेल्ने क्रममा बारीमा ९ वटा बम भेटाए


351
Shares

काठमाडाैं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिएकाे छ ।

स्थानीय बालबालिकाले खेल्ने क्रममा बारीमा बम भेटेका हुन् । बारीमा बम देखिएपछि त्रसित बनेका स्थानीयले नजिकैको प्रहरीलाई जानकारी गराएका थिए। जंगलमा गाई र बाख्रा चराउन गएका बालबालिकाले खेल्ने क्रममा बारीमा बम देखेका हुन् ।

खोतल्दै जाँदा एकपछि अर्को गरेर ९ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बम कसले र कहिले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।