
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिड्नुपर्ने बताउनुभएको छ ।
सोमबार बिहान काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले २०४६ सालसम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा कांग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो ।
शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ कि छैन भन्ने कुरामा सोच्न जरुरी रहेको उहाँले बताउनुभयो । स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले सम्झिरहने पनि नेता सिंहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्