
काठमाडौं । जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ ।
४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने प्रचलन रहेकाे छ । चैते छठमा पनि कात्तिको छठमा झैं सबै विधि पूरा गर्नुपर्ने व्रतालुहरुले बताएका छन् ।
जनकपुरधामका गंगासागर र अर्गजासरमा यस पर्व धुमधामका साथ मनाउने गरिन्छ । साेमबार सूर्य अस्ताउनु एक घण्टा अघिदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरी षठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ दिने गर्दछन् ।
साेमबार रातभर जाग्राम बसेर मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्