२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङको गलकोट हटिया सडक अलपत्र


117
Shares

काठमाडाैं । बागलुङको बालुङको गलकोट नगरपालिकाको केन्द्रमा रहेकाे हटिया सडक अलपत्र परेकाे छ।

हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने सडक निर्माणको म्याद सकिंदा पनि कालोपत्रे हुन नसकेको हाे । डेढ वर्षअघि नै कालोपत्रे भइसक्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप्दा समेत सडक कालोपत्रे नभएको हो ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाले जनाएकाे छ । ४० किलोमिटर लामो यो सडक त्यस क्षेत्रका लागि निकै महत्वपूर्ण मानिएको छ ।

एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीले सडक कालोपत्रे गर्न ठेक्का लिएकोमा अहिलेसम्म आधा पनि काम भएको छैन ।