
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारको बारेमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुसँग साेमबार छलफल गर्नुभएकाे छ ।
साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उहाँले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने बारेमा कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएकाे हाे । सोही छलफलमा बुधबार ४ बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ ।
यहि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री दाहाललाई मन्त्रिपरिषदलाई पूर्णता दिन कठिन भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्