१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस


520
Shares

काठमाडौं । गृह मन्त्रालयले चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य रहन्छन् ।

धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उहाँका ब्याचीहरुले अवकाश पाएका थिए । खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो ।