१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंमा चैत १७ गतेदेखि फ्लोरा एक्स्पो हुँदै


91
Shares

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ ।

सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यल २४ औं फ्लोरा एक्स्पोे गर्न लागिएको बताउनुभयो ।

उहाँले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले एक्स्पोमा ६२ वटा व्यवसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०,प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताउनुभयो ।

उहाँले मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारीक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन लगायत बिक्री कक्षमा राखिने बताउनुभयो । उहाँले प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिष्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गर्ने बताउनुभयो ।

त्यस्तै, एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताउनुभयो । उहाँले प्रदर्शनीमा सरकारको कुनैपनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताउनुभयो । प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई एकसय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताउनुभयो ।

प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरु आयात गरेर ल्याउने गरेको बताउनुभयो ।