१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चोरीपैठारीको लत्ताकपडा बरामद


234
Shares

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ ।

सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।