
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उहाँले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताउँदै आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताउनुभयो ।
मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताउनु हुँदै सभापति लामिछानेले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पार्नुभयो ।
मिटरब्याज पीडितहरुको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्