२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बारामा आगलागीबाट छ घर–गोठ जलेर नष्ट


156
Shares

काठमाडौं । बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् ।

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिनुभयो ।

बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।