
काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार पनि सामान्य सुधार जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १९ सय ३८ पुग्यो । मध्यान्ह नेप्से बढेर १९ सय ३६ सम्म पुगे पनि अन्तिमसम्म उचाइ कायम गर्न सकेन । कारोबार पछिल्ला दिनका तुलनामा सामान्य सुधारिएर डेढ अर्ब नजिक पुग्यो ।
निर्जीबन बीमा, विकास बैंक र वित्त बाहेक बाँकी समूह हरियो रहे । लघुवित्त समूहमा सबैभन्दा उच्च साढें ३ प्रतिशत बराबर वृद्धि आयो । सामूहिक लगानी कोष समूह पनि अढाई प्रतिशत बढीले बढ्यो । उत्पादनमूलक समूह पनि करिब २ प्रतिशतले उकालो लाग्यो ।
मंगलबार दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५८ कम्पनीको ४० लाख ७७ हजार कित्ता शेयर १ अर्ब ४४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ४२ कम्पनीको मूल्य बढ्यो भने ६७ को घट्यो ।
यसदिन सुपर माई, सृजनशील लघुवित्त र एशियन हाइड्रोका लगानीकर्ताले १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्