
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताउनुभएको छ ।
नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमको सम्बोधनपछि मंगलबार रुरु र रेसुंगा क्षेत्रको भ्रमण गर्दे पवित्र भूमिको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले ऐतिहाँसिक र पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा राज्यको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो ।
हिन्दु धर्मशास्त्रमा रामायणको प्रसंग उठाउदै उहाँले राजा दशरथका सन्तान नभएपछि अयोध्या पुगेर ऋषि ऋष्यशुंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेको पनि बताउनुभयो । रेसुङ्गा क्षेत्र ऋषिहरुले तपस्या गरेको स्थल भन्दै ओलीले चिन्तक, दार्शनिक र सभ्यता सुरु गर्नेहरुको स्थल भएको पनि बताउनुभयो ।
रुरुक्षेत्रमा तीन मुखे पुलको पनि अवलोकन गर्नु भएको थियो । रेसुङ्गा क्षेत्रमा ओलीसँगै पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्