
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हाँडेकोट लिफ्टिङ खानेपानी योजनाको शिलन्यास गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ केरुङ्गामा रहेको उक्त लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले शिलन्यास गर्नुभएको हो ।
गौरबको आयोजनाको रुपमा रहेको खानेपानी आयोजनाकोे शिलान्यास भएसँगै अबको केही वर्षमा स्थानीयले खानेपानी सुविधा पाउने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
लामो समयसम्म खानेपानीबाट बञ्चित छत्रदेव गाउँपालिका ४ मा रहेको आयोजनाबाट १,२,३,र ५ वडा केही भागका नागरिकलाई पनि सहज हुने छ । ३० करोड २२ लाख ३१ हजार रुपैयाँमा बन्न लागेको आयोजना २०८१ फागुनमा सम्पन्न हुने छ ।
परियोजना सम्पन्न भएपछि कुवाको पानी बोकेर घरमा ल्याउने समस्या हट्ने बताईएको छ । बन्न लागेको योजनाले यहाँका १२ सय भन्दा बढी घर परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्