२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कुशादेवीको रातो पहरामा ‘रकक्लाईमिङ्ग’ सुरु


4.836k
Shares

काभ्रे । काभ्रेको पनौती नगरपालिका तोरिखोरिया, नयाँगाउँ स्थित रातो पहरामामा सहसिक खेल रकक्लाईमिङ्ग सुरु भएको छ ।

व्यवसायीक रुपमा सुरु गरिएको रकक्लाईमिङ्ग खेलको उद्घाटन गर्दे नगर प्रमुख रामशरण भण्डारीले साहसिक खेल रकक्लाईमिङलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

एकै पटकमा आठ जना क्लाईमर चढ्न सकिने गरी रातो पहरामा साहसिक खेल रकक्लाईमिङ्ग निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक संघका प्रशिक्षक पेम्बा ओङ्गछु शेर्पाले बताउनुभयो ।

राजधानीबाट नजिक रहेको पनौती नगरपालिकाको बसपार्कबाट ९ किमीको दुरीमा रकक्लाईमिङ्गको शुरुवातले नेपालको पर्यटकीय क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको उहाँको भनाई छ ।

वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले नगरपालिकाबाट विनियोजन भएको १० लाख रुपैयाबाट रकक्लाईमिङ्ग पुग्ने स्थानसम्मको पदमार्गका साथै रकक्लाईमिङ्गका लागि पूर्वाधार तयार गरिएको जानकारी दिनुभयो । रकक्लाईमिङ्गका लागि पहरामा गाडिएका वोल्ड किला जर्मनबाट झिकाईएको हो ।

उपप्रमुख गिता बञ्जारालगायत पनौती नगरपालिका सांस्कृतिक, धार्मिक तथा पर्यटकिय दृष्टिकोणले आर्कषक बन्दै गएको बताउनुभयो ।