
काठमाडौं । काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् ।
असन क्वथुननी बचाउ अभियानले मंगलबार गरेको कार्यक्रममा उनीहरुले सो विहार र घर संरक्षण गर्न माग गर्दे अटेर गरेर गुथी संस्थानले ब्यापारीक संस्थालाई आधुनिक शपिङ मल बनाउन दिए संघर्ष गर्ने उनीहरुको भनाई छ ।
सो विहार स्थानीयले मर्मत संभार गर्न खोज्दा पनि गुथी संस्थानले नदिएको उनीहरुको दाबी छ । साँस्कृतिक घडीघर मल्लकालमा असन बजारको आधुनिक शपिङ कम्प्लेक्स हो ।
अमिताभ बुद्ध रहेको क्वथुननी झण्डै ६ सय वर्ष पुरानो अशोक बृक्ष विहार हो । पूर्व उपमेयर एवं प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, सम्पदाप्रेमी लगायतले पुरातात्विक र ऐतिहासिक क्वथुननी सम्पदा बचाउन निरन्तर लागिरहने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्