२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी र कोशी प्रदेशमा बर्षा


975
Shares

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा बदली रहनुका साथै पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको छ ।