
काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ ।
मंगलबार राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्