
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो ।
त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लडन आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नु भयो ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले ३५४ मतले पराजित गर्नु भएको थियो । तर, जनताको भावना विपरित माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गर्नुभयो ।
उहाँले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिनुभयो ।
माओवादी पार्टीले आफूमाथि जालझेल र षडयन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दावी गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्