
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको छ ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताउनुभएको थियो ।
मेयर बालेनलाई जवाफ दिँदै प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताउनुभएको हो ।
काठमाडौंमा महानगरका प्रमुख बालेन्द्र शाहले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार भने बेला बेला फेरिने गरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
उहाँले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाइयोस् भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्