२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबारसम्म अन्तिम रुप पाउँछ : लेखक


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताउनुभएको छ ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबारसम्ममा अन्तिम रुप प्राप्त गर्ने बताउनु भयो ।

उहाँले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि बुधबार साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिनुभयो । बुधबार ५ बजेसम्ममा कुनै संशोधन आएमा आवश्यक संशोधन गरी बिहीबारसम्ममा तयार पारिने उहाँको भनाई छ ।

उहाँले मन्त्रीहरुको सपथ पनि चाँडै हुने प्रतिक्रिया दिनुभयो ।