२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्रीको जवाफ कुर्दै एकीकृत समाजवादी


1.768k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्नेभएको छ ।

बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताउनुभयो । उहाँले तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्तालयको पनि टुंगो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताउनुभयो ।

पार्टी प्रवक्तासमेत रहनुभएका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पार्नुभयो ।