१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु


260
Shares

काठमाडौं । सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु भएको छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन सुरु हुने रथजात्रा काठमाडौंको जमलबाट सुरु भएको हो ।

जनबहालस्थित मन्दिरबाट सानो खटमा मत्स्येन्द्रनाथको मूर्ति राखेर नगर परिक्रमा गराई सकेपछि जमलमा रहेको रथमा मूर्र्ति राख्ने गरिन्छ । सांस्कृतिक बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असन लगेका थिए ।

सेतो मत्स्येन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्वीहरुले जनबहाःद्यो, आर्यावलोकितेश्वर, वोधीसत्व तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव तथा शाक्त सम्प्रदायले शक्ति स्वरुपा र तिब्बेतन बौद्धहरुले कारपुको रुपमा पुज्ने गर्दछन् ।

असन पुर्‍याएको रथलाई भोली हनुमाध्वाखा हुँदै लगन टोलसम्म पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन टोलमा पुगेपछि सोही टोलबासीले स्वागत गरी भोज गर्ने र आफन्तहरुलाई बोलाउने चलन छ ।

सेतो मच्छिन्द्रनाथको आमाको रुपमा स्वीकार गरी लगन टोलमा अवस्थित रुखलाई ३ चक्कर परिक्रमा पश्चात ‘याः न्यायेकेगु’ भनेर जात्रा सम्पन्न गर्छन् । रथबाट सेतो मच्छिन्द्रनाथका मूर्ति निकालेर खटमा राखि नगर परिक्रमा गरि विधिवत मन्दिरमा प्रतिस्थापन गरिन्छ