१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तत्कालका लागि लगानीकर्ताहरुले सम्यमता अपनाउनु पर्छ : अध्यक्ष हमाल


260
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि सम्यमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

बुधबार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको‘समृद्ध नेपालको आधारः पुँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले पुँजीबजारको दिगो विकास र विस्तारको लागि धेरै काम भइरहेको भन्दै पुँजीबजारमा सुनौलो दिन आउने बताउनुभयो ।

उहाँले पुँजीबजार विभिन्न कारणले चापमा रहेको भन्दै यस्तो अवस्थामा लगानीकर्ताहरु निराशा नभएर सम्यमता अपनाउन आग्रह गर्नुभयो । उहाँले पुँजीबजार अहिले लगानीकर्ता निराश हुने गरी घट्ने अनुमान नगरिएको बताउनुभयो । उहाँले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता अभाव लगायतको कारण पुँजीबजारमा पनि प्रभाव परेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा चाप रहेको भन्दै पूँजी बजारमा पनि चाप रहेको दाबी गर्नुभयो । उहाँले सरकारको पँजीगत खर्च वृद्धि गर्न नसक्दा बजारमा तरलता अभाव भएको भन्दै पुँजीबजार समेत असर गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष हमालले अब पुँजीबजारमा कसैले पनि इन्साइडर ट्रेडिङ गर्न नसक्ने बताउनुभयो । उहाँले बोर्डले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएको बताउनु भयो । उहाँले एउटा बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई सरकारी वकिलको कार्यलयमा मुद्दा दर्ता भएको बताउनुभयो ।

उहाँले शेयर बजारको सुधार र स्थायित्व ल्याउनको लागि आफू लगानीकर्ताको पक्षमा रहेको बताउनुभयो ।