१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर मेयर्स कपको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्दै


104
Shares

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान १० बजेबाट टियु मैदान कीर्तिपुरमा तेस्रो संस्करणको उपाधिका लागि भिडन्त हुनेछ ।

अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।