१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय सभा बैठक : शुन्य समयमा सांसदहरुले के-के भने ?


91
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरुसँग वार्ता गरी समस्या समाधान गर्न सरकार समक्ष आग्रह गर्नुभएको हो । उहाँले सामन्तवादको अवशेषको रुपमा रहेको शोषणको नयाँ रुप मिटरब्याजको रुपमा आएको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदुरपश्चिममा कार्तिक २२ गतेदेखि निरन्तर भूकम्प गइरहेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षा र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुदूरपश्चिम भुकम्पको उच्च जोखिमममा रहेको भन्दै यसबाट बच्च अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउनुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले २०७२ सालको भूकम्पमा भत्किएको नेपाल राष्ट्रिय पुस्तकालयलाई भक्तपुरको पुरानो ठिमीमा लगेर व्यवस्थापन
गर्ने प्रयास गरिएको भएपनि उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रविधिमैत्री पुस्तकालय बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।