१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : शारदादेवी भट्ट


65
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा उहाँले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताउनु भयो ।

उहाँले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताउनु भयो । पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको भन्दै उहाँले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गर्नुभयो ।

भट्टले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गर्नुभयो । उहाँले बिरोध गर्नेहरुको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।