१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तनहुँ १ मा मेरो जित सुनिश्चित : भट्टराई


2.34k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा झैँ यसपटक पनि कांग्रेस नै विजयी हुने बताउनुभएको हो ।

उहाँले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताउनुभयो । नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने बताउनुभयो ।

नेता भट्टराईले आफूले गरेका कामहरु नै आफ्नो जितका आधार भएको बताउनुभयो ।